जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय:

५ बर्ष अगाडि

मौसम परिवर्तनले हाम्रो शरीरलाई पनि असर पारिररहेको हुन्छ । समयअनुसार स्वास्थ्यमा बिशेष ध्यान पुप्याउनुपर्छ । जाडो मौसममा चिसोसम्बन्धि विभिन्न र अन्य समयमा मौसमअनुसारका विभिन्न  किसिमका रोगको संक्रमण हुनसक्छ । सावधानी नअपनाइएमा ठूलो क्षति नै बेहोर्नुपर्ने समेत हुनसक्छ । बदलिँदो मौसमले आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । केही सावधानी अपनाइयो  भने जाडोयाममा हुने रोगबाट बच्न सकिन्छ र जाडोको आनन्द लिन पनि पाइन्छ । हरेक मौसमको आ आफ्नै बिशेषता हुन्छ । फरक किसिमको अनूभूति लिएर आएको हुन्छ मौसमले । त्यसैले केही ख्याल गर्न सक्यौ भने हामी हरेक मौसमको फाइदा लिन सक्छौं । 
रुघा, खोकी तथा ज्वरो
मौसम परिवर्तनका वेलामा प्रायः यस्तो समस्या धेरै देखिन्छ । सबैको शरीर एकै किसिमको तन्दुरुस्त नहुन सक्छ । यस्तो अवस्थामा शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ भने चाँडै समस्याले भेट्छ । संक्रमण हुने रोगको भाइरसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुनपानिले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो । यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टिएलर्जिक होमियोप्याथिक औषधी विरामीको लक्षणअनुसार दिइन्छ । यसका अलावा बाफ लिनु, नुनपानीले कुल्ला गर्नु पनि लाभदायक हुन्छ । 
टन्सिल
बालबालिका तथा वृद्ध वृद्धामा टन्सिलको समस्या आमरुपमा देखिन्छ । अन्य समयमा पनि यो समस्या हुन्छ तर चिसोमा बढी सताउने गर्छ । यो ब्याक्टेरियल या भाइरस सक्रमणबाट हुनसक्छ । यो समस्या भएमा घाँटीमा दुखाई महसुस हुने, खाना खान ,बोल्न समस्या हुने र ज्वरोसमेत आउन सक्छ । यसबाट बच्न चिसो पेयपदार्थ तथा चिसो खाने कुरा सेवन गर्नुहुँदैन । घाँटी र छातीलाई सधैं खुल्ला राख्नुहुँदैन । चिसो हावाबाट पनि जोगिनुपर्दछ । 
दम
प्राय मौसम परिवर्तन तथा चिसो याममा दमले सताउने गर्छ । दम आफैं एक प्रकारले एलर्जिक रोग हो । दमबाट पीडित बिरामीको समस्या जाडोमा बढ्ने सम्भावना बढी हुन्छ  । रातको समयमा चिसो बढेका वेला तथा जाडोमा एलर्जी एटेक हुने सम्भावना बढी हुन्छ । अतः दमका रोगीहरु एलर्जिक तत्व तथा चिसो हावाबाट बच्नुपर्छ । धुलो, धुवाँबाट बच्न एकदमै आवश्यक हुन्छ । दमका रागीले नियमित सेवन गर्ने औषधी साथमै राख्नुपर्छ । आषधी चिकित्सकको सल्लाहविना  बीचमा छाड्नुहुँदैन ।
जोर्नी दुःखाई
चिसो तथा बदलिदो मौसमका बेला जोर्नी दुःखाई समस्याका रुपमा नै देखापर्न सक्छ । वृद्ध वद्धामा बदलिँदो मौसममा हात खुट्टाका जोर्नी दुख्ने समस्या बढी देखिन्छ । वृद्ध वृद्धाको हडी कमजोर हुने भएका कारण चिसोले बढी प्रभावित गर्छ । सानो जोर्नीमा दुःखाई घुँडाको दुःखाई  असहनीय हुन्छ । यसबाट बच्न सकेसम्म चिसो हावामा बाहिर निस्किने गर्नुहुादैन । जोर्नीमा तातो सेकाइका लागी पट्टी या हट ब्यागको प्रयोग गर्ने गर्नुपर्छ । सुत्ने बेलामा नून राखेर मनतातो पानीमा खुट्टा डुवाउनाले पनि फाइदा पुग्छ । सामान्य किसिमको व्यायाम नियमितरुपले गर्नुपर्छ । होमियोप्याथिक औषधीका साथसाथै योगा तथा फिजियोथिरापीले पनि जोर्नीको दुःखाईबाट आराम मिल्छ । साथै चिकित्सकसँग वेला वेलामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराइरहने गर्नुपर्छ । 
रोग तथा रोगको अवस्थाअनुसार प्रयोग हुने केही औषधी
१ रुघा खोकी, ज्वरोको लक्षणअनुसार प्रयोग हुने एकोनाइट, रसटक्स, ब्रायोनिया, डल्कामारा, फेरम फाँस जल्समियम आदि । 
२ टन्सिलमा प्रयोग हुने बेलाडोना, बराइटाकार्ब, फाइटोलेक्का आदि । 
३ जोर्नी दुःखाईमा प्रयोग हुने एकोनाइट, रसटक्स, ब्रायोनिया, कस्टिकम आदि । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया