संघीय संसद प्रतिनिधिसभा बैठकमा मा डिला संग्रौंलाले बिशेष समयमा राख्नुभएको मन्तब्य:–

५ बर्ष अगाडि


प्रदेश नं ७ कञ्चनपुर जिल्लामा बस्ने विगत २४ बर्षदेखि मानव अधिकारको क्षेत्रमा कार्यरत शारदा चन्दको बारेमा केहि कुरा राख्न चाहान्छु ।
निजले निर्मला पन्तको बलात्कारपछि हत्याको सम्बन्धमा दोषी पत्ता लगाउन राज्यलाई दबाव दिने क्रममा बिभिन्न धाक, धम्की डरका घटनाहरु भोग्न ुपरिरहेको छ । यसै सन्दर्भमा २०७५ मंसिर १६ गते मध्यरातमा अज्ञात समूहले उनको घरको गेटमा आएर धम्की दिने र त्रास देखाउने प्रयास गरे । यस्तो क्रियाकलाप पटक–पटक घटिरह्यो । यसैगरी २०७५ मंसिर २६ गते उनी आफ्नो अफिस जाँदा बाटोमा मोटामोटा माक्स लगाएका अज्ञात व्यक्तिहरुले उनको मोटरसाईकलको पिछा गरे यो क्रम अहिलेसम्म पनि जारी छ । उनी काठमाडौैं आउँदा पनि अज्ञात समूहले उनको पिछा छोडेको छैनन् । अर्को अनौठो घटना उनले निर्मला पन्तको न्यायको लागि गरेको आन्दोलनको बारेमा आफ्नो मान्छेलाई फोनमा पठाएको म्यासेज एवं उनले फोनबाट कुरा गरेको कल डिटेल समेतलाई काटछाट गरी राससका पत्रकार राजेन्द्र बिष्टले सामाजिक सञ्जालले पोष्ट गरे । अचम्मको कुरा, व्यक्तिको सवांद तथा फोन सम्पर्कको कल डिटेल कसरी प्राप्त भयो । जबकी यस्ता सुचनाहरु अनुसन्धानको क्रममा रहेका म्याद थप भई मुद्धा चलाईएका व्यक्तिहरुको अनुसन्धान प्रयोजनका लागि मात्र अदालतको आदेशबाट लिन सकिन्छ । यी सबै यिनले भोगेको दुख, ज्यान मार्ने धम्की, असुरक्षाको बारेमा लिखित र मौखिक रुपमा जिल्ला प्रहरी उपरिक्षक कुवेर कठायत, प्रजिअ, मानवअधिकार आयोग, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र ७ नं प्रदेशको मुख्यमन्त्री कार्यालय समक्ष उनले लिखित निवेदन दिईसकेकी छिन् । तर यस बिषयमा सरकार र सुरक्षा निकाय किन मौन छन् ? के सरकारको सुरक्षा निकायको काम अपराधीलाई पक्रने होईन् ? तर किन व्यक्तिको पछाडी लागेको छ ? राज्य आतंक कहिलेसम्म ? मान्छेले स्वतन्त्र रुपले बाच्न पाउने अधिकार खोई ? 
त्यसैले यो सम्मानित सदनमा निर्मला पन्तको न्यायको आन्दोलनरत महिला अधिकारकर्मी शारदा चन्दको जीउधनको सुरक्षा, उनको बाच्न पाउने अधिकारको संरक्षण, उनलाई तर्साएर  घर परिवारलाई आतंकित बनाउने व्यक्ति जो कोहि भएपनि कारबाही गर्न माग गर्दछु ।

५ बर्ष अगाडि

प्रतिक्रिया