पाकेटमारकी खतरनाक श्रीमती, ३ लाख बोकेर यस्तो गेमप्लान

६ बर्ष अगाडि

काठमाडौं–सार्वजनिक गाडीमा पाकेटमारी गरिहेको अवस्थामा पक्राउ गरेको श्रीमानलाई छुटाउन प्रहरीलाई घुस खुवाउन खोज्ने ‘पाकेमार पत्नी’ समेत पक्राउ परेकी छिन् । 
बुधबार कोटेश्वरबाट गौशाला जाँदै गरेको सार्वजनिक गाडीमा यात्रा गरिहेका सरोज कार्कीले आफ्नो साथमा ७५ हजार बोकेका थिए । 
‘आले’ भन्ने विवेक लामा समूहले काभ्रेको धुलिखेल स्थायी घर भएका सरोजको गोजीमा हात हालेर उक्त रकम निकाल्दै गर्दै सादा पोशाकमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, ललितपुरको ग्वार्को बस्दै आएका विवेकमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो । 

प्रारम्भिक अनुसन्धान चलिरहेको बेला विवेककी श्रीमती शर्मिला लामाले आफ्नो ‘पाकेटमार श्रीमान्’ छुटाउन अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीलाई ३ लाख भन्दा बढी घुस रकमको  प्रस्ताव गरिन् । 

‘यसरी प्रहरी कर्मचारीलाई घुस रकम दिन खोज्ने शर्मिला तामाङलाई उनले दिन ल्याएको रकम सहित नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘उनको साथबाट ३ लाख २४ हजार बरामद भएको छ, आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

शर्मिलाले आर्थिक प्रलोभन देखाएर अनुसन्धान प्रभावित बनाइ पति छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरेर फसाउने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।
 ‘आले’ समूहले आ–आफ्नो काम छुट्याएर सार्वजनिक यातायातमा यात्रारत यात्रुहरुलाई घचेटेर हुलदंगा गर्र्दै योजनाबद्ध पाकेटमारी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 पाकेटमारी गर्ने क्रममा पिडितले थाहा पाएमा रकम भुँइमा फालेर पुनः पीडितलाई ‘तपाईको पैसा झरेको रहेछ’ भनि फिर्ता दिने उनीहरुको ‘ट्याक्टिस’ रहेको बताईएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया