नेविसंघमा पौडेल पक्षका नेताहरुको राजीनामा

५ बर्ष अगाडि

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महाधिवेशनको मिति पटक पटक घोषणा गर्ने नहुने निश्चित भएपछि नेविसंघ केन्द्रीय समितिका पदाधिकारीले श्रीङ्खलाबद्धरुपमा राजिनामा गरेका छन् । ने.का. सभापति शेरबहादुर देउवा पक्षिय नौ जना पदाधिकारीले राजीनामा लगत्तै पौडेल पक्षिय विद्यार्थी नेता पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आफ्नो पदबाट राजीनामा दिएका हुन् । पार्टिले महाधिवेशनका लागि नेविसंघको पटकपटक म्याद थप गरि अधिशनका लागि ताकेता गरेको थियो तर नेविसंघमा महर नेतृत्वबाट महाधिवेशन हुन नसके पछि नैतिकताको आधारमा राजीनामा दिएका हुन्. ।

राजीनमा पछि पौडेल पक्षिय विद्यार्थी नेता हरिहर शर्माले भने महर नेतृत्व महाधिवेशन नगरि आफ्नो पद मात्र लम्बाएको, क्याम्पसहरुमा संगठन निर्माण गर्न नसकेको, कुनै पनि आन्दोलन गर्न नसकेकोले महर नेतृत्व नालायक सिद्ध भएको छ महङ्गि, भ्रष्टाचार र जघन्य अपराधका मुद्दाहरुमा मौन रहेको र डां गोविन्द केसीले उठाएको मागहरुको विरुद्धमा रहेको, शैक्षिक माफियाहरुको संरक्षक बनेको, स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नसक्ने र जति पटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने भन्दै सामुहिक राजीनामा दिएका हुन् ।

सहमहामन्त्री ललिता सुनार र हरिहर शर्माको ४५ जना सदस्य रहेको वताइएको छ । सामुहिक राजीनामाको संयोजनकर्ता भोला नेपालका अनुसार राजीनामा गर्ने सदस्यहरुमा भोला नेपाल, कल्पना खड्का, सुनिता अधिकारी, पम्फा गान्धारी, सारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दिपेशराज भण्डारी लगायत ४५ जना रहेको भोला नेपालले जनाए ।

अध्यक्ष महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएकोले वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएकोले राजीनामा दिनुपरेको वताए । यस अघि सभापति देउवा पक्षिय महामन्त्री सहित उपाध्यक्षहरु र सहमहामन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।

अब विधान अनुसार तदर्थ समिति गठन गरि महाधिवेशन सम्पन्न गर्नु पर्छ भन्ने सबै राजीनामा दिने सदस्यहरुको भनाई छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया