दलित मञ्चको अध्यक्षमा मरिक

५ बर्ष अगाडि

सप्तरी – दलित सरोकार मञ्च नेपालको प्रथम जिल्ला अधिवेशनले युक्तिलाल मरिकलाई अध्यक्षमा चयन गरेको छ । 

सप्तरीको कञ्चनरुपमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवकुमार मण्डल, सचिवमा सुसिन्द्र पासवान र कोषाध्यक्षमा प्रमिलाकुमारी पासवानलाई सर्वसम्मतले चयन गरेको हो । 

यसैगरी सदस्यमा रमानन्द राम, सोविताकुमारी सरदार र मुनेश्वर पासवान रहेको मञ्चका सचिव पासवानले जानकारी दिनुभयो । 

अधिवेशनले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, दलित सरोकार मञ्चको विधान २०७२ समेत पारित गरेको अध्यक्ष मरिकले जानकारी दिनुभयो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया