कोलकत्तामा बनेको गन सहित बन्दुकहरु वरामद

५ बर्ष अगाडि

 बुटवल -गुल्मी जिल्ला प्रहरी कार्यालयले  टोयर गन १ थान सहित ४ थान  अवैध भरुवा  बन्दुक  सहित त्यसमा प्रयोग गरिने खरखजना र पक्राउ गरिएका ब्यक्तिलाई सार्वाजानिक गरेको छ । कलकोत्तामा निर्मित टोयर गन लेखिएको धेरै पुरानो गन , २२ र अर्को २६ ईन्चको २ थान भरुवा बन्दुक  १९ ईन्च लामो रड भएको बन्दुक  प्रहरीले जासर्वाजानिक गरेको हो ।

   त्यस्तै ६ देखि ८ ईन्च  लम्वाईका रडहरु , बारुद आधा किलो , पटका सनाने ठुलो गरी ५ पाकेट , बन्दुकको केप १ थान , कटिङ्गको टेगर १ थान m कटिङ्ग प्लेट १ , सटगनको खोका १ , टाटा र सुनेर कम्पनीको ब्याट्री थान २ , बन्दुक बनाउन प्रयोग गरिने आरनको पंखा १  थान र युरिया आधा किलो विभिन्न ब्यक्तिबाट वरामद गरी सार्वाजानिक  गरिएको छ ।  

   प्रहरी चौकी धुर्कोट वस्तुलाई खान  तलासीका लागि निर्देशन दिई धुर्कोट गाउँपालिका ७  वाग्ला बस्ने कृष्ण घर्तिबाट एक थान भरुवा बन्दुक वरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।  

  उक्त बन्दुक वरामद र घर्तिलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा सोही गाउँपालिका वडा नम्वर ३ हाडहाडेका शेरबहादुर जिसीको घरमा पनि हात हतियार भएको खुल्न आएकोले पुर्कोट दह ईलाका  प्रहरी कार्यालयको टोली खटाई जिसीलाई पक्राउ गरिएको  एसपी बस्नेतले बताए । उनिहरुलाई क्रमशः पुस १९ र २७ गते पक्राउ गरी अनुसन्धान भई रहेको उनको भनाई छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया