चिनी मूल्य बढाउन चलखेल

५ बर्ष अगाडि

काठमाडौँ – व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैंको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरू अहिले मूल्य बढाउने चलखेलमा लागेका हुन् ।   कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

उनीहरूले आफ्नो लागत प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिय योजना आयोग, अर्थ, उद्योग र कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । 

यही मूल्य कार्यान्वयन भए उपभोक्ताले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरू बताउँछन् ।
 ‘उद्योगीहरूले कारखाना मूल्य बढाएर ६० रुपैयाँ पुर्‍याएका छन् । थप बढाएर ७८ रुपैयाँ १० पैसा पुर्‍याउन सुझाव दिएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘वर्षभरिको घाटा पूर्ति गर्न खोजेको देखिन्छ ।’
आयातीत चिनीका कारण उद्योग र किसानलाई मर्का परेको दाबी गर्दै सरकारले वैशाखको पहिलो सातामा भन्सार बढाएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया