गाँउपालिकाका अध्यक्षले चार करोड मागेपछि रोकियो तल्लो लिखुको काम

५ बर्ष अगाडि

काठमाडौं - संघीय, प्रदेश र स्थानीय सरकारबीच प्राकृतिक स्रोतको बाँडफाँडको विषयलाई लिएर विवाद सुरु भएको छ ।

पछिल्लो पटक धरान उपमहानगरपालिकाले कोशी करिडोर प्रसारण लाइन निर्माणमा अवरोध गरिरहेको छ ।

अवरोध समाधानका लागि एक कार्यदल गठन गरिएको छ । शनिबार गठन गरिएको कार्यदलले एक सातामा प्रतिवेदन दिने बताइएको छ । यस्तै अर्को अवरोध रामेछाप जिल्लामा देखिएको छ ।

रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले आइतबार नै आपत्ति जनाएको छ ।

जानकार स्रोतहरुकाअनुसार गाँउपालिकाका अध्यक्षले आयोजनासँग ४ करोड रुपैयाँ मागेको बताइएको छ ।

उक्त रकम नदिए आयोजनाको काम रोक्ने भन्दै उनले आयोजनाका लगानीकर्ता र आयोजनाका म्यानेजरलाई काम गर्न समस्या पर्ने बताएको स्रोतको दावी छ ।

गाँउपालिकाका अध्यक्ष गोविन्द खड्काले आयोजनासँग रकम मागेको बताइन्छ । तर इपानले भने सो बारेमा स्पष्ट जानकारी दिएको छैन । गाँउपालिका अध्यक्ष खड्काले भने स्थानीयबासीको माग सम्बोधन गर्नुपर्ने आफूहरुको भनाइ रहेको बताउँदै आएका छन् ।

यही पुस २३ गते रामेछापको सदरमुकाम मन्थलीमा आयोजित सर्वपक्षीय छलफलमा आयोजनाको काम नरोक्ने भन्दै सहमति गरेर डिहेडका गाँउपालिकाका अध्यषले पुनः आयोजनाको काम रोक्ने गतिविधि गरेको बताइन्छ ।

यस्तै निःशुल्क विद्युत् र निःशुल्क शेयरको माग राखिएको छ । सो व्यवस्था कही कतै पनि नभएकाले आफूहरुले उक्त माग पूरा गर्न नस्क्ने श्वेतगंगा हाइड्रो पावरले स्पष्ट पारीसकेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार पूरा गर्नुपर्ने सबै मापदण्ड पूरा गरिएको, स्थानीय जनताको माग सम्बोधन गरिएको अवस्थामा आयोजना रोकिनुले सरकारले घोषणा गरेको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने  इपानको साझा धारणा छ ।

पुस २३ गते रामेछापको मन्थलीमा प्रदेश नं ३ का आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलको प्रमुख आथित्यतामा जिल्ला समन्वय समिति, स्थानीय राजनीतिक दल तथा पूर्वसांसद र गाउँपालिकामा अध्यक्षसहितको संयुक्त बैठकमा भएको माइन्यूट समेत आफूलाई थाहा नभएको र झुक्याइएको गाँउपालिकाका अध्यक्ष खड्काले बताउने गरेका छन् ।

आयोजनाका लगानीकर्ता समेत रहेका  इपानका पूर्वअध्यक्ष डा सुवर्णदास श्रेष्ठले स्थानीयको माग सम्बोधन गर्न आफूहरुले कुने कन्जुस्याई नगरेको बताए ।

स्थानीयले निःशुल्क विद्युत्, निःशुल्क शेयर, अस्पताल निर्माणलगायतका माग राख्दै आयोजनाको काम रोक्न दबाब दिएको डा श्रेष्ठको गुनासो छ ।

 

    

 

५ बर्ष अगाडि

प्रतिक्रिया