सिडिएस क्लियरिङ लिमिटेडले ६ करोड नगद लाभांश बाड्ने

५ बर्ष अगाडि

काठमाडौं - आर्थिक वर्ष २०७४÷७५ मा १ अर्ब २० करोड ८५ लाख ८२ हजार २०० कित्ता सेयर अभौतिकीकरण भएको छ । सिडिएस क्लियरिङ लिमिटेडकाअनुसार हालसम्म ४ अर्ब २ करोड ७२ लाख ८५ हजार ५७७ कित्ता सेयर अभौतिकीकरण भएको छ ।

कम्पनीले आव २०७४÷७४ मा १८ करोड ४५ लाख ५२ हजार ६४३ रुपैयाँ आम्दानी गरेको छ । आव २०७३÷७४ मा  १५ करोड २१ लाख ७७ हजार ७२७ आम्दानी गरेको थियो ।

आव २०७४÷७५ मा मात्रै ४ लाख २१ हजार ५२३ डिम्याट खाता खोलिएको छ ।

यस्तै कम्पनीलेअ ाव २०७४÷७५ मा ५ करोड ३७ लाख ५४ हजार ५३७ खर्च गरेको छ  । कम्पनीले संचित मुनाफाबाट सेयरधीलाई ६ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले ७ ला ६६ हजार ५४८ जनालाई सिआरएन नम्बर दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया