माथिल्लो तामाकोशीको शेयरमा लगानीकर्ताको चासो, किन्ने मात्रै भए, बेच्ने कोही भएनन्

५ बर्ष अगाडि

काठमाडौं - सुस्ताएको शेयर बजारमा माथिल्लो तामाकोशीको शेयर बुम हुने देखिएको छ ।

आजको बजार खुल्ने वित्तिकै सो कम्पनीको शेयर खरिदका लागि लगानीकर्ताले उच्च चासो देखाएका छन् ।

आइतबारदेखि मात्रै दोस्रो बजारमा माथिल्लो तामाकोशीको शेयर कारोबावर सुरु भएको हो ।

सुरुको दिन नेपाल स्टक एक्सचेञ्जले प्रतिकित्ता रु २२४ को सीमा निर्धारण गरेको थियो ।अ ाइतबार पनि कुनै शेयरधनीले सो कम्पनीको शेयर बिक्री गर्न चाहेनन्। आज पनि बजार खुल्ने वित्तिकै माथिल्लो तामाकोशीको शेयर प्रतिकित्ता रु ३३६ पुगेको छ ।

आज दिनभर सो कम्पनीको शेयर अझै बढ्ने देखिन्छ । पाँच प्रतिशत भन्दा माथि जाँदा स्टकले सर्किट ब्रेक लगाउने सम्भवना पनि उत्तिकै रहेको छ ।

आज कारोवार सुरु भएको १५ मिनेटमा नै तामाकोशीको शेयर ११२ आइतबारदेखि कारोबार सुरु भएको तामाकोशी जलविद्युत कम्पनीको सेयर कारोबार भएको केही समयमा ११२ रुपैयाँले बढेको हो ।

स्टकको मार्केटडेफ्थका आधारमा हालसम्म २ लाख४३ हजार कित्ता सेयर खरिदका लागि अर्डर भएको छ । शेयर बिक्रीकर्ता भने कोही पनि देखिएका छैनन् ।

तर आयोजनाको हालत भने खराब रहेको छ । भारतीय कम्पनी टेक्सम्याकोले काम नगर्दा आयोजना कहिले सकिने हो केही टुंगो छैन । सो कम्पनीको कामको जिम्मा अष्ट्रियाको कम्पनी एन्ड्रिज हाइड्रोलाई दिने तयारी गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया