दई वर्षमा ढोलाहिटी–लेले सडकमा २० प्रतिशत मात्र काम

५ बर्ष अगाडि

काठमाडौँ - सडक विस्तारको काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन । 

सर्वाेच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । यो सडकको निर्माण अवधि तीन वर्ष रहेकामा दुई वर्ष सकिँदा पनि भौतिक प्रगति भने ज्यादै कम देखिएको हो । 

स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्दै आएकामा अहिले जग्गाकोसमेत मुआब्जा मागेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । स्थानीयवासी एकजुट भएर मुआब्जा नपाउँदासम्म काम गर्न नदिने अडानमा छन् । नगरपालिकाले पहल गर्दा पनि स्थानीयवासी सडक विस्तारका लागि जग्गा छाड्न नमानेका हुन् । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।” 

यस सडकको दायाँबायाँ रहेका रुखका कारणले पनि लामो समयसम्म काम अवरुद्ध भएको आयोजनाले जनाएको छ । अहिले वन विभागबाट स्वीकृति लिएर रुख हटाइएको छ । पहिले स्थानीयवासीले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाकोसमेत मुआब्जा माग गरिरहेका छन् । उहाँले भन्नुभयो, “सम्बन्धित निकायबाट यस सडकका लागि सहयोग नहुँदा नहुँदा ठेकेदारले काम अघि बढाउन पाएको छैन ।” 

उपत्यकामा विस्तार हुन लागेका १२सडकमध्ये यो सडक एक हो । करिव १० किलोमिटर लामो सो सडक २०७३ जेठ महिनादेखि निर्माण शुरु गरिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया