राष्ट्रिय जनमोर्चाले संगठनात्मक अभियान चलाउने

५ बर्ष अगाडि

बुटवल ।  राष्टिय जनमोर्चा नेपालले सांगठनात्मक अभियान चलाउने भएको छ । जनमोर्चा केन्द्रीय समितिको बुटवलमा भएको  प्रथम राष्ट्रिय परिषद्को बैठकबाट उक्त निर्णय गरेको हो । पार्टीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गत पुस २७ र २८ गते बुटवलमा सम्पन्न प्रथम राष्टिय परिषद् बैठकले  उक्त निर्णय गरेको जानकारी दिएको हो । लामो समयदेखी संधियताको  बिरोध गर्ने आएको पार्टीले  आज भएको पत्रकार  संधियता  खारेजको मागलाई दोहारायो ।

निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष रस्मीराज नेपालीले अभियानको बारेमा जानकारी गराउनुभएको हो ।

यस्तै जनमोर्चाले माघ १९ गते देश व्यापीरुपमा विरोध सभा समेत गर्ने  भएको छ । महंगी भष्ट्रचार, कालोबजारी नियन्त्रण लगायतका विषयमा दबाब दिने उदेश्यले उक्त सभा गर्न लागिएको हो ।

अहिलेको परिस्थीतिममा देश विकास भन्दा पनि अधोगतीतर्फ  गएको भन्दै  राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण समेत भएको जनाएको छ  । यस्तै बैठकबाट संघीयता खारेजी गर्न माग गरिएको छ । अहिले अनावश्यक खर्च बढेको, जातिय क्षेत्रीय द्वेष बढाएको, राष्ट्रयता नै विखण्डन तर्फ अगाडी बढेको भन्दै जनमोर्चाले अविलम्ब संघीयता खारेजीको विकल्प नभएको  बताएको  हो । पार्टीलाई अझ ससत्त बनाउन पनि बिभिन्न  निणर्य  गरिएको जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया