उपत्यकालाई सुरक्षित बनाउन जतातै सिसी क्यामेरा

५ बर्ष अगाडि

काठमाडौं । काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए । 
उनका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया