मन्त्रीलाई तह लगाउने कुटाइ खाने सचिवको धम्की

५ बर्ष अगाडि

 जनकपुरधाम - प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विषयमा छानबीन सुरु भएको छ।

आइतबार अपराह्न करिब तीन बजे भएको उक्त घटनावारे छानबीन गर्न तत्कालै बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको थियो। प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदी तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँल सदस्य रहेको उक्त समितिले सोमबारदेखि घटनाको छानबीन सुरु गरेको मन्त्री यादवले बताए।

‘घटनासँग सम्बन्धित आर्थिक मामिला तथा योजना मन्त्रीजीसँग भेटेर कुरा बुझेका छौं’ समितिका संयोजक समेत रहेका मन्त्री यादवले  भने, ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवसँगै घटनाका प्रत्यक्षदर्शी माननीय सभामुख र सांसद उपेन्द्र महतोजीसँग पनि भेटेर निष्कर्षमा पुगिन्छ।’ मन्त्री यादवले घटना विवरणको आधारमा जोकोही दोषी देखिए पनि कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
यो विषयमा सचिवले मन्त्रीलाई तह लगाउने धम्की समेत दिएका छन् । नागरिक दैनिकले समाचार छापेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया