साउथ इन्डिया र सुदुरपश्चिमको फ्युजन, ‘रणवीर’

५ बर्ष अगाडि

पोखरा–नेपालीफिल्म‘रणवीर’को टोलीपोखरा आईपुगेको छ । माघ १८ गतेदेखि प्रदर्शनमाआउनलागेको फिल्म‘रणवीर’यतिबेलाप्रचारको दौडमा छ । 

पोखरा आईपुगेको फिल्मको यूनिटले ‘रणवीर’फिल्मदर्शकको लागि सम्पूर्ण प्याकेज भएको दाबी गरेको छ । ‘यो फिल्म हेर्दा दर्शकले पुरै मनोरञ्जन लिन सक्नुहुनेछ । र, हामीले दर्शकको सन्तुष्टिको लागिफिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर छाडेका छैनौँ ।’ फिल्मकानिर्देशकगोबिन्दसिंह भण्डारीले भने–‘हामी सबैलाई यो फिल्म हेर्नकालागिआह्वान गर्छौँ ।’

फिल्मको ट्रेलर सार्वजनिकभएसँगै यो फिल्म ‘साउथ इन्डियन’ शैलीमाबनेको भनेर चर्चा गरिएको छ । यद्यपीफिल्मकानिर्देशकले भने यो फिल्ममा नेपालको सुदुरपश्चिम भेगको कथालाई समेटिएको बताउँछन् । ‘वास्तवमाभन्ने हो भने मैले थुप्रै साउथ इन्डियन फिल्महरुमा सहायकनिर्देशकभएर कामगरिसकेको छु । र, त्यहि स्कुलिङबाट आएकोले फिल्म सोहि शैलीमाबनाएको हुँ ।’ उनले भने–‘फिल्मको यो शैलीलाई नेपालीदर्शकले रुचाएको पनिपाएको छु । आशा छ रणवीरलाई पनि रुचाईदिनुहुनेछ ।’

फिल्ममा सुशिल सिटौलामूख्यभुमिकामा देखिएका छन् । उनीसँगै सुभेच्छा खड्का र सुपुष्पा भट्ट यो फिल्मकामुख्यकलाकार हुन् । फिल्ममाप्रशान्तताम्राकार सुशिलको अपोजिटमा देखिएका छन् । प्रशान्त र सुशिलबीचको भिडन्त दर्शकको लागिगज्जबको मनोरञ्जन हुने यो फिल्मको निर्माण यूनिटको विश्वास छ । 

शनिबार पोखरामाभएको विशेष पत्रकार भेटघाटको क्रममाअभिनेता सुशिल सिटौलाले फिल्मकालागिआफूले खुब मेहेनत गरेको बताए । ‘मलाई फुलफेजमा एउटा हिरोको रुपमा यो फिल्ममा देखाईएको छ । यो मेरो करिअरको लागि सबैभन्दा महत्वपूर्ण अवसर हो । दर्शकलाई निराशहुनदिनेछैन ।’ अभिनेता सुशिलले भने । 

त्यस्तै अभिनेत्रीद्वय सुभेच्छा र सुपुष्पाले पनिफिल्म हेरिदिनदर्शकहरुसँग आग्रह गरे । आफूहरु दुवैको लागि यो फिल्म डेब्यू हुनुका साथै विशेष भएको उनीहरुको तर्क थियो । दर्शकलाई मनोरञ्जन दिनकालागिफिल्मउत्कृष्ट भएको उनीहरुले बताए । 

पत्रकार सम्मेलनमाफिल्मकानिर्माताद्वयदीपेन्द्र रेग्मीर गोमा विष्ट थापाले नेपालीफिल्मको स्तरोन्नतीकालागिआफूहरु आएकोले दर्शकको साथ र मायाको आवश्यकताभएको बताए । फिल्मलाई उत्कृष्ट बनाउनआफूहरुले दिलखोलेर लगानी गरेको र त्यसको प्रतिफलपनिउत्कृष्ट आएको उनीहरुको भनाई थियो । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया