(Monday, 22 April, 2019)
By: आजको अर्थ
माघ ७, २०७५

काठमाडौँ – कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो । 

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो । मुनालको आजै अन्त्यष्टि गरिने भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिनुभयो । मुनाल काठमाडौँको माहाङ्कालका स्थायी बासिन्दा हुनुहुन्थ्यो । 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत