डोटीमा हिमपात

५ बर्ष अगाडि

डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । 

हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदार धुरा, उदैनीलगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि परिरहेको स्थानीयवासी दीपक खवासले बताउनुभयो । उहाँका अनुसार बाक्लो हिमपातका कारण यहाँका बासिन्दालाई गाईबस्तुसमेत चराउनसमेत कठिन भएको छ । 

हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा छन् । त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब दुई फुट जति हिउँ परेको नेपाली सेनाले जनाएको छ । हिमपातसँगै जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायलमा भारी वर्षा भइरहेको छ । वर्षात्का कारण यहाँका प्रमुख व्यापारी केन्द्रका पसल पनि खुल्न सकेका छैनन् । त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पनि बन्द भएको दीपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डोटीको गैरा र डडेल्धुराको हगुल्टेमा हिमपात भएका कारण दजनौँ सवारी साधन स्याउले र डोटीको गैरामा जम्मा भएको बुडर डोटी इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । हिउँ हटाउन र बाटो सञ्चालन गराउनका लागि डिभिजन सडक कार्यालयबाट डोजर मगाइएको प्रहरीले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया