बालिका बलात्कार अभियोगमा दुई पक्राउ

५ बर्ष अगाडि

भोजपुर – बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छन् । राईमाथि भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया