चीनमा यी महिलाले गरिन् अनौठो हर्कत

६ बर्ष अगाडि

के सुरक्षा जाँचको क्रममा तपाई कहिले आफ्नो सामानको हिफाजतलाई लिएर चिन्तित हुनुभएको छ ?

चीनकी एक महिला रेल–स्टेशनमा जाँचको क्रममा आफ्नो व्यागलाई लिएर यो हदसम्म चिन्तित भइन् कि उनी ब्यागसँगै एक्सरे मेसिनबाट गुज्रिन पनि अफ्ठयारो मानिनन् ।

दक्षिणी चीनको ड्रगग्वान रेलवे स्टेशनको एक कर्मचारीले जब सामान जाँच गर्ने एक्सरे मेसिनको मनिटरमा यी महिलाको छाया–चित्र देखिन्, तब उनी आफै अचम्मित बनेकी थिइन् । 

एक अनलाईन भिडियो मार्फत यो पूरा घटना अगाडी आएको हो । 

भिडियोबाट प्रष्ट हुन्छ कि यी महिलाले पहिला आफ्नो सूटकेसलाई कन्वेयर बेल्टमा राखिन र ह्याण्डव्याग लिएर स्टेशन तर्फ अघि बढीन ।

तर जब उनलाई सबै व्याग एक्सरे मेसिनमा राख्नुपर्ने भनियो तब उनी आफै कन्वेयर वेल्टमा चढीन् र सामानको साथसाथै अर्को तर्फ पुगिन ।

यो दौरान उनको एक्सरे इमेज ‘क्याप्चर’ भयो जसमा उनी आफ्नो सामानको पछाडी घुँडा टेकेर बसिरहेकी थिइन् ।

उनलाई देखेर सुरक्षाकर्मीहरु पनि दङ्ग परेका थिए ।

ति महिलाको ह्याण्डव्यागमा त्यस्तो के थियो जसका कारण ती महिला त्यति चिन्तित थिइन् भनेर चाँही जानकारी पाइसकिएको छैन । 

तर चीनमा नयाँ वर्षको अवसरमा घर फर्कनेहरुले ठूलो परिणाममा नगद बोकेका हुन्छन् भन्ने आम विश्वास गरिन्छ ।

स्थानिय मिडियाका अनुसार यो घटनापछि ड्रगग्वान स्टेशनका कर्मचारीहरुले यात्रीहरुलाई मेसिनमा नचढ्न चेतावनी दिन थालेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया