रियल प्रेम जोडी प्रियंका र आयुष्मानको रिल रोमान्स

६ बर्ष अगाडि

  
अभिनेत्री प्रियंका कार्की रियल लाइफका प्रेमी आयुष्मान देशराज जोशीसँग रिल लाइफमा पनि रोमान्स गर्ने भएकी छन् । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने चलचित्र ‘चङ्गा चेट’मा उनले प्रेमी जोशीसँग रिलका लागि रोमान्स गर्न लागेकी हुन् । 
मंगलबार चावहिल स्थित गणेस्थान मन्दिरमा पूजाआजा चलचित्रको औपचारिक सुरवात गरिएको छ । चलचित्रमा यी दुबै कलाकार मुख्य भुमिकामा रहनेछन् ।
काठमाडौं, धरान, जनकपुर लगयातका स्थानमा छायाँकन गरिने चलचित्र ‘चङ्गा चेट’का निर्मातामा माधव वाग्ले हुन् । माधवले निर्देशक दीपेन्द्रलाई २५ लाख पारिश्रमिकमा चलचित्रका लागि अनुवन्धित गरेका हुन् । 
 कार्यक्रममा प्रियंका र आयुष्मानसँगै सुरक्षा पन्त, माउत्से गुरुङ, रविन्द्र झा, सन्दिप क्षेत्रीलगायतका कलाकार उपस्थित थिए । डार्क कमेडी जनरामा निर्माण हुन लागेको चलचित्र सुटिङ करीब एक महिना चल्ने निर्देशक खनालले जानकारी दिए ।  
चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, परमिता आर.एल. राना, आसिफ शाह लगायतका कलाकारहरुको समेत अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । निरक कँडेलको छायाँकन रहने चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहने छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया