गुड्दा गुड्दै चार्ज हुने हुन्डाईको कार नेपाली बजारमा, मूल्य कति पर्ला ?

५ बर्ष अगाडि

काठमाडौँ – हुण्डाइ मोटर्सको नयाँ उत्पादन ‘कोना इभि’ सेगमेन्टको इलेक्ट्रिक कार नेपाली बजारमा बिक्री वितरण शुरू भएको छ । गुड्दा गुड्दै चार्ज हुने मुख्य विशेषता भएको यो कार हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीवार सार्वजनिक गरेको हो ।

कम्पनीले यस कारको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । गाडीमा भएका सुविधाका आधारमा मूल्य महँगो नभएको कम्पनीले जनाएको छ । नयाँ कारको बुकिङ शुरूवात राम्रो भएको लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए ।

यो कार पूर्ण इलेक्ट्रिक सब कम्प्याक्ट एसयुभी हो  जसमा बनावट आकर्षक छ । आधुनिक र सबै प्रयोगजको चलाउन मिल्ने कार भएकोले बजारमा यो आकर्षक कार बन्ने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार कोना इभि कारलाई फूल चार्ज गर्दा ३९ युनिट विद्युत खपत हुन्छ । एक पटक फूल चार्ज गरेपछि ३१२ किलो मिटर कार चलाउन सकिन्छ । यो कार गुड्दा गुड्दै १० प्रतिशत व्याट्रि आफैँ चार्ज हुन्छ । कार चलिरहेको बेला ब्रेक हान्दा पनि ब्याट्रि चार्ज हुने बताइएको छ । फूल चार्ज गर्न डिसी फास्ट चार्जरबाट ५७ मिनेट लाग्छ ।

यो कार सफल रेन्जको सबै भन्दा नयाँ मोडल हो । यसको १३५ पिएसको पावरले यस युभिको दरिलो पनको साथ ईलेक्ट्रिक पावर प्रदान गर्दछ । सिंगल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटर भन्दा बढी छ ।

भिन्न टप बटम, एलइडि डिआरएलयस, हेडल्याम्प ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलइडि रियर ल्याम्प, ईलेक्ट्रीक पार्किङ ब्रेक, प्याडल सिफटर, तातो हावा जाने अगाडिको सिट, ताररहीत फोन चार्जर, ६ एअरब्याग र हिल एसिस्ट कन्ट्रोल जस्ता विशेषता रहेको छ ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी(साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई कोना इभिको साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्ने हुन्डाईका डिलरसिप हेड दिवाकर रेग्मीले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया