काठमाडौं– नेपाली चलचित्र क्षेत्रका सफल कलाकार बीएस राणाको निधन भएको छ ।
राणाको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनले अभिनय गरेका चलचित्रहरु दासढुंगा,सेतो बाघ, हवल्दार सुन्तली जस्ता विभिन्न चलचित्रहरु चर्चित छन् ।
प्रतिक्रिया