(Friday, 19 July, 2019)
By: आजको अर्थ
माघ २२, २०७५

काठमाडौँ – चर्चित अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि पिता बन्ने भएका छन् । 

आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो । उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । आर्यन पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती भएको बुझिएको छ ।

आफू मातापिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनन् ।

अभिनेता आर्यन सिग्देल यति बेला विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’को छायांकनमा व्यस्त छन् । उनी चलचित्रको छायांकनका लागि यतिबेला सिक्किममा रहेको बताइएको छ । 

 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत