रजनीकान्तकी छोरी सौन्दर्याले दोस्रो विवाह गर्दै, आमाले लेखिन तमिलनाडु पुलिसलाई ‘पत्र’

५ बर्ष अगाडि

भारतका चर्चित सुपरस्टार रजनीकान्तकी छोरी सौन्दर्याले आफू नायक विशागन वनंगमुदीसँग विवाह गर्न लागेको सोमबार जानकारी गराएकी छन् ।उनको फेब्रुअरी ११ तारिखमा विवाह हुँदैछ । सौन्दर्याले ट्वीट गर्दै लेखेकी छन्, ‘एक हप्ता बाँकी । दुलही मोड, विशागन वेड सौन्दर्या ।’

उनको विवाह रजनीकान्तको पोइस गार्डनस्थित घरमा हुनेछ, जसमा विवाहको तयारी मज्जाले सुरु भइसकेको छ । एक वेबसाइटका अनुसार रजनीकान्तकी श्रीमती लताले तमिलनाडु पुलिसलाई चिट्ठी लेखेर घरबाहिर सुरक्षा बढाउने माग गरेकी छिन् ।

उनका अनुसार घर बाहिर ट्राफिक जामको स्थिती हुन सक्छ र फ्यानको ओइरो लाग्न सक्ने भएकाले पुलिसको सहयोग मागिएको हो । फेब्रअुरी १० देखि विवाहको कार्यक्रम सुरु हुनेछ, ११ फेब्रुअरीमा विवाह र त्यसपछि १२ मा रिसेप्सन दिने भएको ।

यसअघि सौन्दर्याको उद्योगपती रामकुमारसँग सन् २०१० मा विवाह भएको थियो र उनीहरुले सन् २०१६ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरुका वेद नामका एक छोरा छन् ।- एजेन्सी 

५ बर्ष अगाडि

प्रतिक्रिया