विजय माल्या तेस्रो पटक विवाह गर्ने तयारीमा ?

६ बर्ष अगाडि

विजय माल्या पुन एकपटक समाचारमा छाएका छन् । मिडियामा आएको समाचार विश्वास गर्ने हो भने उनी छिट्टै आफ्नो गलफ्रेण्ड पिंकी ललवानीसँग विवाह गर्दै छन् । 
भारतीय बैंकको ऋण नतिरी फरार माल्या हाल लण्डनमा बसिरहेका छन् । उनी माथि भारतीय बैङ्कमा नब्बे अर्ब भारु ऋण रहेको छ ।
यदी माल्याले पिंकीसँग विवाह गरे भने यो उनको तेस्रो विवाह हुनेछ ।
माल्याको पहिलो विवाहा एयरहोस्टेस समीरा तैयबजीसँग भएको थियो । तर पछि यी दुईको सम्बन्धविक्षेद भयो । यी दुईका सिद्धार्थ, समीरा र विजय तीन सन्तान रहेका छन् ।
यसपछि माल्याले रेखासँग विवाह गरे । यो विवाहबाट दुई छोरीहरु जन्मे । केही समय पछि रेखा पनि माल्याबाट अलग भइन् । तर यी दुईको कानुनी रुपमा सम्बन्धविक्षत भएको छैन ।
को हुन पिन्की ललवनी?
पिन्की माल्याको विमान कम्पनी किङ्गफिसर एयरलाइन्समा एयरहोस्टेस थिइन् । सन् २०११मा उनको माल्यासँग भेट भएको थियो । ६२ वर्षिय माल्याको तुलनामा पिंकी निक्कै कम उमेरकी छिन् ।
पिन्कीलाई माल्यासँग लण्डनको अदालतमा देखिएको थियो । यसको अतिरिक्त माल्यालाई कयैन समय माल्याको परिवारसँग समय विताएको देखिएको थियो ।
एनडीटीभीका खबर अनुसार पिन्की पछिल्लो तीन वर्षदेखि माल्याको लण्डनस्थीत हर्टफर्डशायरको घरमा बसिरहेकी छिन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया