कृ कण्डमा प्रहरीको हिरासत बिताएका सुवास बोले

६ बर्ष अगाडि

निर्देशक शम्भु प्रधानसँग कुरो मिलेपछि झन्डै १७ घण्टा पछि रिहा भएका ‘कृ’ का निर्माता सुवास गिरीले आफु माथी अन्याएको भएको गुनासो गरेका छन् । 
चलचित्र ‘सम्झना’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत आफ्नो अनुमती विना ‘कृ’ मा राखिएको आरोप लगाउँदै शम्भुले केही साता पहिले काठमाडौं प्रहरी परिसर, टेकुमा कपिराइटको जाहेरी दिएका थिए ।
सोही विषयमा छलफलका लागि भन्दै प्रहरीले मंगलवार साँझ ६ बजे निर्माता गिरीलाई टेकु डाकेर नियन्त्रणमा लिएको थियो ।  तर, दुई पक्षसँगको वार्ता सफल नभएपछि नियन्त्रणमा लिएर छाडेको थियो । 
हुन त शम्भुले निर्माता गिरी नभइ अभिनेता तथा निर्माता भुवन केसी विरुद्ध जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डमा ‘कृ’ चलचित्र सुवास गिरीको नाममा दर्ता भएको पाइएपछि प्रहरीले उनलाई अनुसन्धानका लागि हिरासतमा लिएको हो ।  
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘संगीतकारले गरेको गल्तिमा पनि छलफल गरेर समस्या समाधान गर्न तयार हुँदाहुँदै पनि अग्रज दाईहरुबाट यस्तो ब्यवहार के उचित हो ? अग्रजहरुको यस्तो ब्यवहारबाट चलचित्र क्षेत्रमा आउने नयाँ निर्माता तथा कलाकारहरुले के पाठ सिक्ने ? अब सबैले सोच्ने बेला आएको छ ।’
यसैबीच निर्माता भुवन केसीसहित गिरीले अर्को पत्रकार सम्मेलन गरेर आफूहरुसँग प्रधानले बार्गेनिङ गरेको आरोप लगाएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया