भागेर बिहे गर्ने ७ बलिउड स्टार

६ बर्ष अगाडि

मुम्बई – अक्सर बलिउड चलचित्रमा बिबाह घर परिवारसँग लडाई झगडा गरेर गरेको देख्न पाइन्छ । रिल जिन्दगीमा दर्शकलाई इन्जोय गराउन राखिने यस्ता दृश्य जस्ता काम बलिउडका केही स्टारले रियल जिन्दगीमा पनि गरेका छन्  । बलिउडका केही स्टारले रियल जिन्दगीमा पनि बिबाह परिवारको सहमती बिना भागेर गरेका छन् । ति कलाकारको चर्चा तिर लागौ ।
आमिर खान र रीना दत्त
बलिउडका मिष्टर परफेटनेश आमिरले रीनासँग पहिलो बिबाह गरेका थिए । दुबै छिमेकी थिए । आमिरले आफ्नो २१ औ जन्मदिनमा रीनालाई प्रपोज राखेका थिए । फरक धर्म भएका कारण रीनाका आमा बुबाले आमिरसँगको बिबाह मन्जुरी दिएनन् । १९६ अप्रिलमा १ आमिर र रीनाले भागेर बिबाह गरे । यी दुबैको दुई बच्चा रहेका छन् । तर दुबै १६ बर्षपछि अलग भए । आमिरले अहिले किरण रावसँग बिबाह गरेका छन् । 
पद्यमिनी कोल्हापुरे र प्रदीप शर्मा
प्रदीपले पद्यमिनीलाई आफ्नो चलचित्र ‘ऐसा प्यार कहाँ’को लागि साइन गराएका थिए । यी दुबैको भेटघाट पहिलो पटक फिल्मको सिलसिलामा भएको थियो । समाजको कारण दुबैको आमाबुबाले बिबाहको मन्जुरी दिएनन् । परिवालाई उनीहरुले निकै सम्झाए । नमानेपछि बाध्य भएर उनीहरुले १९८६ मा भागेर बिबाह गरे । 
बिन्दिया गोस्वामी र जेपी दत्ता
अभिनेत्री बिन्दियाले पनि निर्देशक जेपी दत्तासँग भागेर बिबाह गरेका थिए । बिन्दीया ‘गोलमाल’ र ‘शान’ जस्ता चलचित्रमा देखिएकी थिइन् । । बिन्दीयाले पहिलो बिबाह अभिनेता विनोद मेहरासँग गरेका थिए । सो समय बिनोद बिबाहित थिए । यो बिबाहका लागि बिन्दियाका बुबाआमा राजी थिएनन् । यी दुबैको अहिले दुई छोरी रहेका छन् । 
शशी कपुर र जेनिफर केन्डल
१९५६ तिरको कुरो हो । शशी कपुर पृथ्बी थियटरका लागि काम गर्थे । कलकत्तामा पृथ्बी थियटरले सेक्पियरको नाटक गरिरहेको थियो । यहि शशीले जेनिफरलाई देखे । दुबै बिबाहका लागि तयार समेत भए ।  जेनिफरका बुबाले यो बिबाहका लागि मन्जुरी दिएनन् । उनले बुबाको घर छोडेर मुम्बइमा आएर बस्न थाले । १९५८मा दुबैले बिबाह गरे । १९८४मा क्यान्सरका कारण जेनिफरको निधन भयो । यी दुबैको तीन सन्तान रहेका छन् । 
शम्मी कपुर र गीता बाली
‘रंगीन राते’ चलचित्रको सुटिङको क्रममा शम्मी कपुर गीता बालीको  प्रेम टुसाएको छ । चार महिना डेटिङ पछि दुबैले बिबाह गरे । गीताको उमेर शम्मीको भन्दा धेरै थियो । त्यसैले कपुर परिवारले यी दुबैको बिबाहका लागि मन्जिुरी दिएन । १९५५ मा एक मन्दिरमा दुबैले बिबाह गरे ।

भाग्यश्री पटवर्धन र हिमालय दासानी
‘मैने प्यार किया’ अभिनेत्री भाग्यश्रीले २१ बर्षको उमेरमा बिबाह गरेकी थिइन् । हिमालय र भाग्यश्री एक अर्काेलाई मन पराउथे । भाग्यश्रीका आमाबुबाले दुबैको बिवाहका लागि सहमती जनाएनन् । दुबैले भागेर बिबाह गरे ।
शक्ती कपुर र शीवांगी कोल्हापुरे
१९८० देखि ८२ सम्म शक्ती कपुर शीवांगीले गुपचुप डेटिङ गरे । किनभने दुबैका आमाबुबालाई छोराछोरीको सम्बन्ध मन परेको थिएन । दुबैले १९८२ मा भागेर बिबाह गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया