उन्नती माईक्रोफाईनान्सको चौथो साधारणसभा सम्पन्न

५ बर्ष अगाडि

सिद्धार्थनगर नगरपालिका भैरहवामा अवस्थित उन्नती माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले शनिबार चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समीतिको माघ ३ गते बसेको एक सय २५ औं बैठकको निर्णय अनुसार संस्थाले २६ गते चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

संस्थाकी अध्यक्ष अनिता ढुङ्गाना शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाले पाँच वटा सामान्य र सात वटा विशेष प्रस्ताव पास गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रेम बहादुर पाठकले जानकारी गराए । पाठकले उपलब्ध गराएको जानकारी अनुसार अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, सञ्चालक समीति सदस्यको निर्वाचन, चुक्तापुँजीको दुई दशमलव १३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस स्वीकृत गरेको छ । 

त्यसैगरी उक्त साधारणसभाले ४० दशमलव ५० प्रतिशत बोनस सेयर, संस्थाको नाम संशोधन, ५ः१ को अनुपात अर्थात २० प्रतिशत हकप्रद सेयर जारी, अधिकृत, जारी र चुक्तापुँजी बृद्धि, कार्य क्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती, संशोधन तथा परिमार्जनमा सञ्चालक समीतिलाई अख्तियारी र मर्जर तथा गाभ्ने÷गाभिने, प्राप्ती गर्ने वा प्राप्ती हुन जान आवश्यक काम कारवाहीको लागि सञ्चालक समीतिलाई अख्तियारी दिने सात वटा विशेष प्रस्तावहरु पारित गरेको छ । 

४४ करोड ५१ लाख निक्षेप संकलन गरी एक अर्ब ३६ करोड कर्जा प्रवाह गरेको संस्थाले हाल ३९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ । २८ हजार भन्दा धेरै विपन्न परिवारको संलग्नता रहेको संस्थाको हाल पाँच करोड ५० लाख चुक्तापुँजीमा ५ः१ को हकप्रद सेयर र ४० दशमलव ५० प्रतिशत बोनस सेयरले आठ करोड ८२ लाख ७५ हजार भई संस्था चुक्तापुँजीमा थप मजवुत बन्ने देखिन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया