(Monday, 22 April, 2019)
By: आजको अर्थ
माघ २६, २०७५

 सप्तरी । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै रहेको बताउनुभएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकिय तथा पिकनिक स्पँटमा नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभालाई उद्धघाटन गर्दै उहाँले सो धारणा राख्नु भएको हो ।
पत्रकार आफु सन्यासी जस्तै भएर देश र समाजको बिषयमा बढी चिन्तित हुने गरेको उहाँको भनाई थियो । पत्रकार सन्यासी जस्तै आफु आर्थिक रुपमा कमजोर भएपनि सरकार तथा नेतृत्व वर्गलाई समय समयमा सही मार्गदर्शन गराउँदै मार्गदर्शकको भुमिका निर्वाह गर्दै आईरहेको धारणा राख्नुभयो । साथै उहाँले पत्रकारहरुलाई व्यवसायिक पत्रकारिता गरे पत्रकारिताको गुणवत्ता समाप्त भएर जाने विचार प्रस्तुत गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा बोल्दै पत्रकार बैधनाथ यादवले सरकारद्धारा प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने षडयन्त्र भईरहेको गुनासो गरे । साथै यादवले प्रदेश नं. २ मा भ्रष्टाचार चरम सीमामा पुगेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
यस्तै, पत्रकार श्याम सुन्दर यादवले सप्त क्रिषिको बास स्थान भएकोले सप्तरी यस जिल्लाको नाम रहेको र सप्तरी भित्र अनेकौै पर्यटकीय स्थलहरु रहेको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा १ दर्जन भन्दा बढी वक्ताहरुले शुभकामना मनतव्य राखेका थिए ।
पिकनिक स्थलमा खुला आकाश मुनि नौलो तरीकाले नेपाल पत्रकार महासँघ सप्तरी शाखाले बार्षिक साधारण सभा मनाईरहँदा ठुलो बर्षा तथा हवाहुरीले कार्यक्रम केही बेर प्रभावित भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य सँघका अध्यक्ष, विभिन्न सँघ सँगठनका पत्रकार, पुर्व मन्त्री हेमराज तातैर, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको समेत सहभागीता रहेको थियो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत