बाणिज्य बैंकहरुको आधार दर घटेपनि ऋणको ब्याजदर भने अझै घटेन

५ बर्ष अगाडि

काठमाडौँ – हाल सञ्चालनमा रहेका २८ बाणिज्य बैंकहरुको आधार दरमा घटबढ भएतापनि ऋणको ब्याजदर भने अझै घट्न सकेको  छौँन । 

सञ्चालनमा रहेका २८ बाणिज्य बैंकमध्ये तीन वटाको आधार दर बढेको छ। बाँकी सबै बैंकको आधार दर घटेको उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ। आधार दर घटे पनि ग्राहकले लिने ऋणको ब्याज भने घटिसकेको छैन। 

२८ बाणिज्य बैंकमध्ये तीन वटाको आधार दर बढेको छ। बाँकी सबै बैंकको आधार दर घटेको उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ। आधार दर घटे पनि ग्राहकले लिने ऋणको ब्याज भने घटिसकेको छैन। 

ऋणको ब्याज दर घटाउन अर्थमन्त्री युवराज खतिवडाले बनाएको कार्यदलको सुझाब कार्यान्वयनमा आएपनि बैंकहरुले त्यसलाई प्रिमियमका रुपमा जोडेर ऋणलाई सस्तो बनाउन मानेनन्। आधार दरको शुत्रमा ०.७५ प्रतिशत ब्याज कम हुने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको थियो। तर बैंकहरुले सुत्र कार्यान्वयन गरेर आधार दर कम गरे पनि त्यसलाई फेरि प्रिमियमका रुपमा जोडेर ब्याज पुरानै अवस्थामा कायम राखिरहेका छन्।

यस्तो छ २५ बैंकको बेस रेट 

१. मेगा बैंकको ०७४ मा बेस रेट १०.९६ थियो भने ०७५ पुसमा १०.८३ छ । 

२. जनता बैंकको ०७४ मा बेस रेट ११.९३ थियो भने ०७५ पुसमा ११.४ छ । 

३. राष्ट्रिय वाणिज्य बैंकको ०७४ मा बेस रेट ५.९८ थियो भने ०७५ पुसमा ५.६० छ । 

४. कृषि विकास बैंकको ०७४ मा बेस रेट ११.५३ थियो भने ०७५ पुसमा ११.१५  छ । 

५. एनसीसी बैंकको ०७४ मा बेस रेट ११.४५ थियो भने ०७५ पुसमा १०.८७ छ । 

६. नेपाल बंगालादेश बैंकको ०७४ मा बेस रेट १०.८४ थियो भने ०७५ पुसमा १०.८२ छ । 

७. नेपाल बैंकको ०७४ मा बेस रेट ६.९३ थियो भने ०७५ मा ६.०६ छ । 

८. एनएमबी बैंकको ०७४ मा बेस रेट १०.५३ थियो भने ०७५ पुसमा १०.११ छ । 

९. हिमालयन बैंकको ०७४ मा बेस रेट ९.३५ थियो भने ०७५ पुसमा ९.११ छ । 

१०. लक्ष्मी बैंकको ०७४ मा बेस रेट १०.८८ थियो भने ०७५ पुसमा १०.३६ छ । 

११. नबिल बैंकको ०७४ मा बेस रेट ६.९२ र थियो भने ०७५ पुसमा ७.८४ छ । 

१२. सानिमा बैंकको ०७४ मा बेस रेट ८.९६ थियो भने ०७५ पुसमा ९.७५ छ । 

१३. सनराइज बैंकको ०७४ मा बेस रेट १०.९६ थियो भने ०७५ पुसमा १०.६३ छ । 

१४. नेपाल इन्भेष्टमेन्ट बैंकको ०७४ मा ९ थियो भने ०७५ पुसमा ८.९६ छ । 

१५. नेपाल एसबीआई बैंकको ०७४ मा ९.५० थियो भने ०७५ पुसमा ९.८२ छ ।

१६. सिटिजन्स बैंकको ०७४ मा ११.०२ थियो भने ०७५ पुसमा १०.७९ छ ।

१७. ग्लोबल आईएमई बैंकको ०७४ मा १०.३१ थियो भने ०७५ पुसमा १०.९ छ । 

१८. प्रभु बैंकको ०७४ मा ९.७१ थियो भने ०७५ मा ९.३७ पुगेको छ । 

१९. सिद्धार्थ बैंकको ०७४ मा १०.५८ थियो भने ०७५ पुसमा १०.५९ छ । 

२०. कुमारी बैंकको ०७४ मा ११.१७ थियो भने ०७५ पुसमा ११.५५ छ । 

२१. एभरेष्ट बैंकको ०४ मा ७.८४ थियो भने ०७५ पुसमा ८.२२ छ ।

२२. माचपुच्छ«े बैंकको ०७४ मा १०.६७ थियो भने ०७५ पुसमा १०.९९ छ । 

२३. एनआईसी एसिया बैंकको ०४७ मा १०.५५ थियो भने ०७५ पुसमा  ९.३३ छ । 

२४. सेन्चुरी बैंकको ०७४ मा ११.४३ थियो भने ०७५ पुसमा ११.५० छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया