डीपीएल साविक विजेता धनगढीको दोस्रो हार

५ बर्ष अगाडि

काठमाडौं – साविक विजेता धनगढी स्टार्सले तेस्रो धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा लगातार दोस्रो हार खेपेको छ । मंगलबार भएको खेलमा सिवाईसी अत्तरियाले धनगढीलाई ५ रनले हरायो ।

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको ९६ रनको विजयी लक्ष्य पछ्याएको धनगढी २० ओभरमा ९ विकेटको क्षतिमा ९० रनमा समेटियो । सोमपाल कामीको कप्तानीमा रहेको धनगढीका लागि राजु रिजालले अविजित २६ रन बनाए । रोहन मुस्तफाले १८, सन्दीप रजालीले ११ र कप्तान सोमपालले १० रन बनाए । बलिङमा अत्तरियाका भुवन कार्कीले चार विकेट लिए । सन्नी पटेलले दुई विकेट झारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धाति २० ओभरमा ५ विकेटको क्षतिमा ९५ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले अविजित ३५ रन बनाए । जयकिशन कोश्लावालाले २१, प्रेम तामाङले १२ र कप्तान दिपेन्द्रसिंह ऐरीले ११ रन बनाएरका थिए । बलिङमा धनगढीका रोहन मुस्तफाले दुई विकेट लिए । अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले एक एक विकेट लिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया