वर्षा र संजोगको इन्गेज्मेन्ट

५ बर्ष अगाडि

फागुन २ गते विवाह गर्न लागेका प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् ।

सोमबार राजधानीको एक पार्टी प्यालेसमा यो जोडीले इन्गेज्मेन्ट गरेका हुन् । इन्गेज्मेन्टमा वर्षा र संजोगका परिवारका केही सदश्य मात्र सहभागी थिए ।

इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै गराएका हुन् । लामो समयदेखि प्रेममा रहेका जोडी अहिले विवाह तयारीमा छन् ।

विवाह मिति ‘भ्यालेन्टाइन डे’ भएपनि स्थान भने अहिले सार्वजनिक गरिएको छैन । 

वर्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् । 

उनका लगातार चलचित्र आइरहेका छन्, भने संजोगले पनि केही चलचित्र अभिनय गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया