‘सरकार दृष्टिविहिन भयो कि भन्ने पीर लागेको छ' : सांसद बिडारी

५ बर्ष अगाडि

काठमाडौँ – नेकपाका सांसद रामनारायण बिडारीले ‘सरकार दृष्टिविहिन भयो कि भनेर पीर लागेको बताएका छन् । 

राष्ट्रिय सभामा बोल्दै बिडारीले त्रिभुन राजपथको समस्यासमेत सदनमा उठाउँदै सरकार दृष्टिबिहिन भए उपचार गराउनुपर्ने सुझाव दिए । उनले भने, ‘सरकार दृष्टिविहिन भयो कि भन्ने पीर लागेको छ । दृष्टिबिहिन भए उपचार गर्नुपर्‍यो । 

वैकल्पिक राजमार्गमा रहेको आपतकालीन त्रिभुवन राजपथमा नौबिसेदेखि भैसेसम्म खाल्डैखाल्डा डङरङ डङरङ गरी हिँड्नुपर्ने तलब मात्र खाएर बस्न लाज लाग्दैन । चाँडै मर्मत गरियोस ।’

बिडारीले भेनेजुएलामा अमेरिकी हस्तक्षेप प्रकरणमा आफ्नो पार्टी र सरकारले बोल्नु ठीक भएको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया