पुस्तक प्रेमी अभिनेत्री ऋचा र सुरक्षा

५ बर्ष अगाडि

काठमाडौं – नियमित पुस्तक पढ्ने बानी कमै कलाकारमा छ । ति मध्यमा पर्दछन्  अभिनेत्रीद्धोय ऋचा शर्मा र सुरक्षा पन्त । उनीहरु बजारमा नयाँ पुस्तक भित्रियो भने किनेर पढ्ने गरेको बताउँछन् । मंगलबार युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक गर्दै यी अभिनेत्री पुस्तक अध्यायन आफ्नो रुचि भएको बताए । पुस्तक सार्वजनिकमा उनीहरुलाई लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले साथ दिएका थिए । 

कार्यक्रममा अभिनेत्री शर्माले कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाइ दिएकी थिइन् । ‘उन्नाइस बीस वर्षकै उमेरमा यत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कम भएपनि किताबमा मैले परिपक्वता देखें,’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई मल्लले मज्जाले प्रस्तुत गरेका छन् ।’

ऋचाको भनाइसँग सहमत हुँदै अर्की अभिनेत्री  पन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझयति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमा निश्चलले मलाई प्रभावित गरेका छन् ।’

लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुराना दिन याद आएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममा आएको बताए ।

लेखक निश्चल मल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेम प्रतिको सोचलाई प्रस्तुत गर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामा आफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधाम ापनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनु हुन्छ ।’

१०४ पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । यो निश्चलको यो पहिलो पुस्तक हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया