'भ्यालेन्टाइन डे'मा प्रचण्डकी नातिनी र आइजिपी खनालका छोराको 'भुर्र भुर्र’

५ बर्ष अगाडि

काठमाडौँ – 'भ्यालेन्टाइन डे' को अवशर पारेर सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका पुत्र गायक शानिन्ध्य खनाल र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत 'भुर्र भुर्र भुर्र भुर्र बतासमा' सार्वजनिक गरेका छन् । 

शानिन्ध्य खनाल र  स्मिता दाहालको  स्वरमा रहेको गीत भुर्र भुर्रमा कोविद बज्रको संगीत संयोजन रहेको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार शैलेन्द्र खनाल शरदको शब्द र संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीतमा रहेको गीतको म्युजिक भिडियो भ्यालेन्टाइन डे को पुर्व सन्ध्यामा सार्वजनिक गरिएको छ। 

युवराज वाइबाको निर्देशनमा बनेको भुर्र भुर्रको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ।  उत्सव दाहालको सिनेमटोग्राफी र विकाश दाहालको सम्पादन रहेको  भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया