विनोद चौधरीलाई आइपर्यो आपत, नक्कली आगलागीको पोल खुल्यो, २४ करोड तिर्नुपर्ने उच्च अदालतको निर्णय

६ बर्ष अगाडि

काठमाडौं । दुई वर्ष पहिले चौधरी समूहको सिजी इलेक्ट्रोनिकको कारखाना रहेको संतुगलमा आगलागी भयो । विनोद चौधरीको उक्त कारखानामा आगलागी भएको भन्दै काठमाडौँ उपत्यकाका सबै दमकल परिचालन गरिए । लामो प्रयाुपछि आगलागी नियन्त्रणमा आयो । 
चौधरी समूहले आगलागीको कारण सार्वजनिक गर्ने सार्वजनिक रुपमा जानकारी गरायो । तर पछि पत्ता लाग्यो, चौधरी समूहले नै सिजीमा आगो लगाएको रहेछ । 
चौधरी समूहकै युनाइटेड इन्स्योरेन्सबाट रु ४५ करोड बीमा वापतको रकम भुक्तानी पनि लिइयो । सो इन्स्योरेन्सको मुख्य लगानीकर्ता उनै विनोद चौधरी हुन् । बिमितको रकममा मोज मस्ती गरेको र आगो आफैले लगाएर आफ्नै कम्पनीबाट बीमा रकम बुझेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । 
बीमा समितिमा पनि उजुरी पर्यो । 
गलत मनसायका साथ बीमा रकम बुझेको भन्दै जताततै उजुरी परेपछि चौधरीले त्यसलाई लुकाउन अनेकन प्रयास गरे तर उनी सफल भएनन् । उच्च अदालत पाटनले चौधरी समूहसँग रु २४ करोड असुल्न बीमा समितिलाई आदेश दिएको छ । 
अग्नी बीमा वापत किर्ते दावी गरिएको भन्दै आफ्नै लगानीको इन्स्योरेन्स कम्पनीबाट बढी रकम लिएको भन्दै उच्च अदालत पाटनले तत्काल असुल गर्न बीमा समितिलाई निर्देशन दिएको छ । 
अदालतले बीमा समितिको निर्णय नै सही मान्दै चौधरुी समूहलाई मुद्दा हराइदिएपछि विनोद चौधरीले रु २४ करोड तिर्नुपर्ने भएको छ । 
गत मंगलबार उच्च अदालतले बीमा समितिलाई फैसलाको पूर्ण पठाई बीमा रकम असुल्न निर्देशन दिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले बढी दावी गरिएको रकम असुल उपर गरिने बताए । 
अब रु २४ करोड रकम विनोद चौधरीले युनाइटेड इन्स्योरेन्सलाई फिर्ता पठाउनुपर्ने भएको छ । 
उक्त आगलागीमा रु ३४ करोडको मात्रै क्षति भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया