नेकपाको राष्ट्रिय अभियान ६ महिनादेखि अलपत्र

५ बर्ष अगाडि

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय अभियानको योजना ६ महिनादेखि अलपत्र परेको छ ।

 असार र साउनभित्र एकीकरणका सबै काम टुंग्याएर भदौदेखि अभियान चलाउने छलफल केन्द्रीय सचिवालयमै भए पनि अलपत्र परेको छ । 

दसैँको सम्मुखमा कार्यकर्ता घर फर्किने भएकाले एकीकरणको सन्देश दिन उपयुक्त हुने भन्दै पार्टीले योजना बनाएको थियो । तर, एकीकरण प्रक्रिया नै धकेलिएपछि अन्य योजना ओझेलमा परेका छन् । 

३ जेठमा पार्टी एकतापछि सबै तहमा एकीकरण टुंग्याउन चार तहको कार्यदल बनिसकेको छ । एकीकरणमा ढिलाइ भएपछि १२ पुसमा सम्पन्न स्थायी समिति बैठकमा नेतृत्वको आलोचना भएको थियो । आलोचना मत्थर पार्दै बैठकले माघ महिनाभित्रै एकीकरण सक्ने गरी ९ सदस्यीय कार्यदल बनाए पनि काम गर्न सकेन । संयोजक रामबहादुर थापा बादलले अपूरो प्रतिवेदन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।नयाँ पत्रिका दैनिकमा खबर  छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया