चालकको लापरवाहीले अधिकांश दुर्घटना

५ बर्ष अगाडि

काठमाडौं–सवारी दुर्घटनाले मृत्यु हुने र घाइते हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । बढ्दो सडक दुर्घटना प्रति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरि न्युनिकरणको उपाए खोजिदै छ । काठमाडौं उपत्यकामा भएको दुर्घटनाको तथाङ्क हेर्दा अधिकाशं दुर्घटना चालकको लापरवाहीले भएको देखिन्छ ।

चालु आर्थिक बर्षमा उपत्यकामा भएको ४ हजार ८ सय १ सवारी दुर्घटना मध्य ४ हजार २ सय ५७ वटा दुर्घटना चालकको लापरवाहीले भएको देखिएको छ । तीव्र गतिका कारण २ सय ८१ वटा दुर्घटना भएका छन् भने मापसेका कारण १ सय ६६ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । महानगरिय ट्राफिक महाशाखाका अनुसार यान्त्रिक गडबडीका कारण जम्म २९ वटा मात्र दुर्घटना भएको छ ।

दुर्घटना बढ्नुको अर्को कारण अनियन्त्रित ओभरटेक पनि एक कारण रहेको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया