विद्यार्थीको घेराऊ लगत्तै त्रिविले स्ववियुको केन्द्रीय निर्वाचन समिति घोषणा गर्यो

५ बर्ष अगाडि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सन्पन्न गर्न केन्द्रीय निर्वाचन समन्वय एवम् निरिक्षण समितिको  घोषणा गरेको  छ । 

आज स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दवाव दिन त्रिभुवन विश्वविद्यालय घेराऊ गर्न पुगेका सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) को घेराउ कार्यक्रमै सो समितिको नामावली सार्वजनिक गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयकी  शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीको संयोजकत्वमा ७  सदस्यीय कार्यसमितिको नामावली सार्वजनिक गरिएको हो।समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती रहेका छन्। समितिका अन्य सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसि, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन् ।

केन्द्रीय निर्वाचन समिति वन्नुलाई सकारात्मक रुपमा लिएको अनेरास्ववियू (क्रान्तिकारी ) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। समितिको वैठक तत्काल वसेर स्ववियु  निर्वाचनको तालिका सार्वजनिक गर्ने त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले वताए।

समितिको नाम सार्वजनिक हुनु अघि आयोजित घेराऊ कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले स्ववियु निर्वाचन तत्काल अघि वढाउन चेतावनी दिएका थिए।

५ बर्ष अगाडि

प्रतिक्रिया