कतै यी ११ बानी तपाइँमा पनि त छैन रु आजै हटाउनुहोस्

५ बर्ष अगाडि


फूललाई सबैले मन पराउन् भनेर मानिसले धेरै क्रियाकलाप गर्छन् । तर तिनै क्रियाकलापका कारण आफू अप्रिय भएको मानिसलाई थाहा नहुन पनि सक्छ ।
त्यसकारण यहाँ यस्ता केही क्रियाकलाप वा बानीबारे जानकारी दिइएको छ जसका कारण तपाइँलाई धेरैले मन नपराउन सक्दछन् ।

१. फेसबुकमा धेरै फोटो हाल्ने
हालै गरिएको एक अध्ययनले जुन मानिसले फेसबुकमा बढी फोटो हाल्छ, त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको छ । यस्ता मानिसबाट धेरैजना वाक्क हुने गरेको अध्ययनले पत्ता लगाएको थियो ।

२. सबैसँग ठिक्क हुने
सबैसँग राम्रो बोल्नु वा राम्रो व्यवहार गर्नु राम्रो हो । तर सबैसँग जतिबेला पनि राम्रो हुन खोज्नु भनेको बेइमानी हो । यदि तपाइँले पनि यस्तो गर्नुहुन्छ, भने तपाइँले देखाउने सज्जनता वा इमान्दारितामाथि मानिसले शंका गर्न थाल्दछन् । कहिलेकाहीँ नराम्रो हुनु पनि राम्रो मानिन्छ । त्यसकारण सबैसँग राम्रो हुन यस्तो व्यवहार नगर्नुहोस् ।

३.मनको कुरा लुकाउने
मुस्कुराएर आफ्नो कुरा लुकाउनु भन्दा रिसाएर कुरा राख्नु राम्रो मानिन्छ । यति तपाईले आफ्नो भावना वा विचारलाई अरुसामु प्रष्ट राख्नु भयो भने तपाइँलाई अरुले बुझ्न सक्दछन् । जसले गर्दा तपाइँको इमान्दारिता पनि बढ्छ ।

४. छलफल वा गफ गर्दा मोबाइल चलाउने
प्रायः मानिसले छलफल वा गफ गर्दा आफ्नो मोबाइल चलाउने गर्दछन् । तर यो बानीले गर्दा कुरा गरिरहेको अर्को मानिसलाई चित्त बुझिरहेको हुँदैन । गफ गर्दै मोबाइल खेलाउँदा छलफल वा गफमा तपाईको कुनै रुचि नरहेको भन्ने बुझिन्छ ।

५. हाँसो ठट्टा वा मजाक नगर्ने
विभिन्न कम्पनीमा गरिएको एक अनुसन्धानले जो मानिस चाहिनेभन्दा गम्भीर हुन्छन् र हाँसो ठट्टा गर्दैनन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यहाँसम्म कि प्रेम तथा वैवाहिक सम्बन्धमा रमाइलो वा हाँसीमजाक नभएका कारण सम्बन्ध बिग्रिएको पनि अध्ययनका क्रममा पत्ता लागेको थियो ।
६.जतिबेला पनि निराश हुने
जतिबेला पनि निराश वा दुखी हुने मानिसले आफ्नो इमेज वा छवि बिगारिरहेको हुन्छ । विशेषगरी अफिसमा काम गर्ने मानिस निराश वा बेखुशी देखिएमा अरुले त्यस्तो मानिस असक्षम भएको र त्यस्तो मानिसले कसैलाई पनि विश्वास नगर्ने भन्ने बुझ्दछन् ।

७. नहाँस्ने वा नमुस्कुराउने
जो मानिस मुस्कुराउँछ वा हाँस्दछ त्यो मानिस सबैको प्रिय हुन्छ । यदि पहिलो भेटमा तपाई मुस्कुराउनु भयो भने तपाइँलाई भेट्ने मानिसलाई तपाइँको अनुहार भुल्न निक कठिन हुन्छ । तर दुखद अवसरमा मुस्कुराउँनु राम्रो मानिदैन किनभने यस्तो अवसरमा हाँस्दा वा मुस्कुराउँदा तपाई संवेदनाहीन वा क्रुर मानिस हो भन्ने सन्देश जान्छ ।

८. अरुको कुरा गर्ने वा कुरा काट्ने
कसैकसैको बानी नै अरुको कुरा काट्ने हुन्छ । तर यस्ता मानिसलाई धेरैले मन पराउँदैनन् । यसको कारण के हो भन्दा एउटाको कुरा काट्ने मानिसले अर्कोको पनि कुरा काट्छ । यदि तपाईले कसैसँग कसैको कुरा काट्नु भएको छ भने कुरा सुनिरहेको मानिसलाई तपाईले उसका बारेमा पनि अरुसँग कुरा काट्नुहुन्छ भन्ने परेको हुन्छ ।

९. चाहिनेभन्दा बढी नम्र हुने
नम्रता राम्रो गुण हो । तर चाहिनेभन्दा बढी नम्र हुनु निकै खराव मानिन्छ । अरुले तारीफ गरुन् भनेर जतिबेला पनि नम्र हुँदा धेरैलाई मन परिरहेको हुदैन । त्यही भएर धेरै नम्र हुने व्यक्तिलाई कसैले पनि मन पराउँदैनन् ।

१०. सानो कुरामा पनि गुनासो वा टिप्पणी गर्ने
मानिसले अरुको सामान्य गल्ती वा कमजोरीबारे टिप्पणी गर्दा वा सामान्य कुराबारे पनि गुनासो गर्दा आफूलाई गौरव भएको महसुस गर्दछन् । तर सामान्य कुराबमा पनि पटक पटक टिप्पणी वा गुनासो गर्नु भनेको कचकच गर्नु जस्तै हो । त्यही भएर यस्ता कचकचे मानिस पनि धेरैका अप्रिय नै हुन्छन् ।

११. नङ टोक्ने वा नाक कोट्याउने 
सार्वजनिक ठाँउमा बस्दा वा हिड्दा दाँतले नङ टोक्ने वा औंलाले नाक कोट्याउने बानीले तपाइँको व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यसकारण यो बानी छ भने हटाइहाल्नुहोस् ।

५ बर्ष अगाडि

प्रतिक्रिया