विप्लवद्धारा फागुन ८ गते साविक लुम्विनी अञ्चल बन्द आव्हान

५ बर्ष अगाडि


बुटवल – अर्घाखाँचीमा  प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली फागुन ८ गते साविक लुम्विनी अञ्चलका ६ वटा जिल्ला बन्द आव्हान गरेको छ ।  साविक लुम्विनी अञ्चलको रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा , गुल्मी, अर्घाखाँची फागुन ८ गते बन्द आव्हान गरिएको सो पार्टीका  लुम्विनी अञ्चलन ब्युरो ईञ्चार्ज बिरजंगद्धारा हस्ताक्षरित विज्ञप्तीमा  उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ –‘   २ महिने पार्टी संगठन सदृढिकरण र विस्तारका अभियानमा माघ २३ गते अर्घाखाँची  प्रहरीद्धारा  गुल्मी जिल्ला पार्टी ईञ्चार्ज पुर्णबहादु्र सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची सचिवालय सदस्य पिताम्वर पोखरेल र टुकलाल पुनलाई झुटा मुद्धा लगाई हिरासतमा लिईएकोले तत्काल रिहाईको माग गर्दै बन्द आव्हान गरिएको र तत्काल रिहाई नगरिएको कडा संघर्षमा उत्रिने छ । ’

५ बर्ष अगाडि

प्रतिक्रिया