रातको तेस्रो प्रहरमा किन हुन्छन् मृत्युका घटना? यस्तो छ डरलाग्दो रहस्य

५ बर्ष अगाडि

हामीलाई लाग्छ, मृत्यु अवश्यंभावी कुरा हो र मानिसको मृत्यु जुन कुनै समयमा पनि हुनसक्छ । मृत्युले दिन र रात कुर्दैन । यो शाश्वत सत्य हो । तर, मृत्युको समयका विषयमा भएका शोधले केही डरलाग्दा तथा अनौठा तथ्य बाहिर ल्याएका छन् ।

वैज्ञानिकहरुका लागि विश्वमा मृत्युका घटना दिनभन्दा रातको समयमा, अझ बिहान ३ बजेदेखि ४ बजेको बीचमा धेरै हुने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार त्यस समयमा मानिसको शरीर सबैभन्दा कमजोर अवस्थामा हुन्छ ।

आम रुपमा विश्वमा कैयौं सांस्कृतिक तथा धार्मिक मान्यताहरु पनि छन्, जस अनुसार रातको तेस्रो प्रहरलाई मृत्युको हिसाबले सबैभन्दा खतरनाक मानिन्छ । तेस्रो प्रहर, अर्थात् रातको तीन बजेदेखि बिहान ६ बजेको समयसम्म ।

यो तथ्यलाई केही हदसम्म चिकित्सा विज्ञानले पनि पुष्टि गरेको छ । दमरोगीमा मृत्युको खतरा दिउँसोको तुलनामा बिहान ३ बजेदेखि ४ बजेसम्मको अवधिमा ३ सय गुणा धेरै हुन्छ । उक्त समयमा शरीरमा एड्रेनलिन तथा एन्टी इन्फ्लामेटरी हर्मोनको उत्सर्जन शरीरमा निकै कम भएको हुन्छ । त्यसले शरीरमा श्वासनलीलाई निकै खुम्चाइदिन्छ । दिनको तुलनामा त्यस अवधिमा रक्तचाप पनि निकै घटेको हुन्छ । त्यसैले न्यून रक्तचाप भएका मानिसहरुमा पनि बिहान ३–४ बजेको समयमा मृत्युको जोखिम उच्च हुन्छ ।

वैज्ञानिकहरुका अनुसार बिहान सबेरैको उक्त समयमा शरीरमा कोर्टिसाल हर्मोनको तिव्र रुपमा उत्सर्जन हुन्छ । त्यसले रगत जम्ने तथा हृदयाघातको जोखिम हुन्छ ।

अझ अर्को खतरनाक तथ्य त के भने १४ प्रतिशत मानिसमा आफ्नो जन्मदिनकै दिन मर्ने सम्भावना हुन्छ । त्यस्तै १३ प्रतिशत मानिस कुनै ठूलो रकम प्राप्त गरिसकेपछिको अवस्थामा मृत्युवरण गर्दछन् ।एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया