मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

५ बर्ष अगाडि

काठमाडौं–वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । 
लामो समय देखी क्यान्सरबाट ग्रसित यशोधाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । 
उहाँको  गएराती पौने ११ बजे उपचारको क्रममा अस्पताल मै मृत्यु भएको परिवारले बताएको छ । कलाकार मदनकृष्णले यशोदा सुबेदीसंग २०३० सालमा अन्तरजातीय विवाह गर्नुभएको थियो । मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो । क्यान्सरका कारण पछिल्लो समय उहाँको दुवै खुट्टा नचल्ने भएका थिए । उहाँको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । उहाँका एक छोरा एक छोरी यमन र सरना छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया