एक अर्ब लागतमा अपि र रिडी हाइड्रोले १२ दशमलव ५ मेगावाट क्षमताको सोलार उद्योग स्थापना गर्ने

५ बर्ष अगाडि

काठमाडौं - ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपाने आवद्ध दुई वटा कम्पनीले १२.५ मेगावाट क्षमताका सौर्य ऊर्जा प्रणाली सँग जोडिएका उद्योग स्थापना गर्ने भएका छन् ।

उद्योग विभागमा पछिल्लो पटक दर्ता भएको विवरणअनुसार रौतहटको चन्द्रनगर नगरपालिका ५ मा  ४ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादन गर्ने भएको छ । सो आयोजनाको लागत ३२ करोड १२ लाख ४० हजार २८४ बराबरको लागत रहनेछ ।

यस्तै अपि पावर सँगै जोडिएको अर्को कम्पनी रिडी हाइड्रो पावर कम्पनलिे रुपन्देहीको तिलोत्तलमा नगरपालिकामा ६ मा ८.५ मेगावाट क्षमताको सौर्य ऊर्जा उद्योग स्थापना गर्ने भएको छ ।

सो आयोजनाको  लागत ६५ करोड ४६ लाख ६२ हजार ५०० रहेको छ । ती आयोजनाबाट क्रमशः ८ र ६ जनाले रोजगारी पाउनेछन् । स्वदेशी लगानीमा नै ती आयोजना निर्माण हुनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया