संगीतमा नारी पहिचानको पलेँटी

५ बर्ष अगाडि

मेलवादेवीदेखि सुरुभएको नेपाली संगीतमा नारी स्वरको स्तुती गर्दै पलेँटीको पुनर्उदय भएको छ ।

आधुनिक नेपाली संगीतको सम्झना र सम्वद्र्धनमा समर्पित यो कार्यक्रम बीचमा केहि समय स्थगित थियो । अब भने यसलाई विषयगत रुपले प्रस्तुत गरिने यसका प्रस्तोता आभाषले जनाएका छन्।

त्यसै सिलसिलामा पहिलो प्रस्तुती नेपाली संगीतका नारी नक्षत्रहरुलाई सम्झँदै शुक्रबार थालनी भएको छ । पछिल्लो समयकी गायिका मिनाको स्वर र प्रस्तोता आभासको संस्मरणमा यो कार्यक्रम चलेको थियो ।

कार्यक्रमको सुरुवात मेलवादेवीकै ‘न घरलाइ घर कहिन्छ’ बाट सुरुभएको थियो । शहिद शुक्रराज शास्त्रीले रचना गरेको यो गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरुसँगको आफ्ना सम्झना सुनाउदै कार्यक्रमलाई अघि बढाएका थिए ।

उनले थालनी गरे कोइलीदेवीबाट । रेडियो नेपालमा भेटिएकी कोइलीदेवी पनि मेलवादेवीजस्तै राणाकालको दरबारमै हुर्किएकी अर्की गायिका थिइन् ।

‘कोइलीदेवीलाई भेट्नु एउटा कालखण्डकै प्रतिनिधि देख्नु थियो,’ आभाषले भने, ‘मेलवादेवीजत्तिको शास्त्रीय वा आधुनिक दुवै नभए पनि उनको खिरिलो आवाजले निकै प्रभाव विस्तार गरेको थियो।’  त्यसपछि कोइलीदेवीले गाएको ‘सम्झिरहन्छु निसदिन केवल हजुरलाई’ सुनाइएको थियो ।

जब तारादेवीको प्रसंग सुरुभयो तब गाइयो राष्ट्रकवि माधव घिमिरेको रचना अनि नातिकाजीको संगीतमा ‘फूलको थुँगा बहेर गयो’ ।

त्यसपछि प्रस्तुती दार्जिलिङतर्फ मोडिएर जसै अरुणा लामा ९सबैले भन्थे लयालु फूल भइ०, शान्ति ठटाल ९सम्हालेर राख०, डेजी बराइली ९एउटा खुला किताब हुँ म० र दावा ग्याल्मो ९सहर भित्र केको हल्ला० तर्फ प्रवेश ग¥यो उसैगरि नेपाली संगीतमा अम्बर गुरुङ र गोपाल योञ्जनका योगदानहरुको चर्चा पनि सुरुभएको थियो ।

प्रसंग फेरि काठमाडौं भित्रिएपछि गौरी केसीको ‘रानी तलाउ किनारा’, तारा थापाको ‘तारि न देऊ हे माझी दाइ’ र मिरा राणाको ‘मखमली चोलो’हुँदै अघिबढेको थियो ।

हिरादेवी वाइवाको ‘फरिया ल्याइदेका त्यै पनि राता धनन’ प्रस्तुत गर्ने बेलामा भने पलेँटीका निम्ति उनलाई निम्त्याउने प्रयास चलिरहेकै बेला पश्चिम बंगालस्थित घरमै आगलागीमा परेर उनको निधन भएको चर्चासँगै माहोल भावुक बन्न पुगेको थियो ।

‘मेलवादेवी र हिरादेवीजस्ता गायिकालाई आगोले पोलिरहेको बेला बचाउने पनि कोहि भइदिएनन्,’ आभाषले अवरुद्ध कण्ठसहित भनेका थिए, ‘जलिरहेको बेला हिरादेवीले रातै सारी पो लगाएकी थिइन् कि भनेर अहिले पनि झस्किरहन्छु ।’

कार्यक्रमले त्यसपछि पछिल्लो कालखण्डमा प्रवेश गर्दै मञ्जुलको रचनामा गाउने सुनिता सुब्बाको ‘चिरविर गर्ने चरी’ सुनाएको थियो ।

कार्यक्रममा उल्लेख गरिएका मध्ये गायिकाहरु सुनिता सुब्बा, कुन्ती मोक्तान र संगीता प्रधानको उपस्थिती पनि रहेको थियो ।

नेपाली गीत गाउने भारतीय गायिकाहरु लता मंगेशकर ९आकाशमा तिरमिरे तारा० र उषा मंगेशकर ९वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर० को सम्झना पनि कार्यक्रममा गरिएको थियो ।

प्रस्तोता मिनाले माइती मणिपुरकै भाषामा आफैले गाएको त्यस भेगकै प्रसिद्ध गीत ‘नोखिधरा’ सुनाएपछि अन्त्य भने फेरि मेलवादेवीकै कालजयी गीत ‘सवारी मेरो रेलैमा’ बाट गरिएको थियो ।

‘हाम्रो परिवेशले नारी स्वरहरुलाई लामो साधनामा अघि बढ्न नदिइरहेको यथार्थका बीच उनीहरुको यसरी सम्झना गरिनु राम्रो लाग्यो,’ कार्यक्रम हेरेपछि राजनीतिज्ञ एवं लेखक रघुजी पन्तको प्रतिक्रिया थियो, ‘व्यवस्थित प्रस्तुती र सुमधुर गीतहरुको मिठो समागम पाएँ ।’

 पलेँटीको यो क्रम शनिबार र आइतबार पनि चल्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया