सबैभन्दा ठूलो १८००० MAH ब्याट्री भएको स्मार्टफोन रिलिज

५ बर्ष अगाडि

इनर्जाईजर कम्पनीले आफ्नो पहिलो स्मार्टफोन रिलिज गरेको छ । उक्त स्मार्टफोनमा सबैभन्दा धेरै क्षमता भएको ब्याट्री स्थापना गरिएको छ र उक्त ब्याट्री १८००० MAH को रहेको छ ।

इनर्जाईजर पावर म्याक्स पी १८ के पपमा स्मार्टफोनमा आइफोन ह्क् म्याक्सको भन्दा ७ गुणा, सामसंग ग्यालेक्सी एस ९ को भन्दा ६ गुणा र हुवावे मेट २० X भन्दा ३.६ गुणा ठूलो ब्याट्री राखिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनले फुलचार्जमा ९६ घण्टासम्मको नन् स्टप म्युजिक प्लेब्याक, ४८ घण्टासम्मको नन् स्टप भिडियो प्लेब्याक र ५० दिनसम्मको स्ट्यान्ड बाइ समय प्रदान गर्न सक्नेछ । १८ वाटको क्षमता भएको फास्ट चार्जर पनि उपलब्ध हुनेछ । यस स्मार्टफोनलाई पावर ब्यांकको रुपमा पनि प्रयोग गर्न मिल्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया