सोनाक्षीले धोका दिदा प्रमोदले विष पिए

५ बर्ष अगाडि

काठमाडौँ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नयाँ दिल्लीमा आयोजित इण्डिया फेशन एण्ड ब्युटी अवार्ड कार्यक्रममा सोनाक्षीले अग्रिम भुक्तानी लिएर उपस्थित नभएपछि आयोजकले ३२ लाख रुपैयाँ क्षतिपूर्ती माग्दै प्रहरीमा मुद्दा दर्ता गरेको हो ।
प्रहरीकाअनुसार सोनाक्षीका साथै ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियाविरुद्ध मुद्दा परेको छ ।

आयोजक प्रमोद शर्माले अग्रिम भुक्तानी लिएर सोनाक्षीले अन्तिम समयमा धोका दिएपछि प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए । तर प्रहरीले कुनै कारवाही नगरे पछि ऋणको भार थेग्न नसकेर विष सेवन गरेको आजतकले जनाएको छ ।

यद्यपि समयमै उद्दार र उपचार हुँदा उनी जिवित छन् । उनको उपचार भइरहेको छ । यता प्रहरीले घटनाको छानविन गरेर सोनाक्षीसहित सबै आरोपीविरुद्ध मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।(एजेन्सी)

५ बर्ष अगाडि

प्रतिक्रिया