के हो वायरलेस चार्जिंग ? यस्तो छ फाइदा

५ बर्ष अगाडि

काठमाडौँ – आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । 

नाम मै भनिए अनुसार वायरलेस चार्जिंग प्रयोग गर्नका लागि स्मार्टफोन र चार्जर बीचमा तार जोड्नु पर्दैन । स्मार्टफोन वा कुनै उपकरणलाई चार्जरको माथिल्लो भागमा राखे पछि उक्त स्मार्टफोन वा उपकरण चार्ज हुन सुरु हुन्छ । यसरी चार्ज गर्नका लागि स्मार्टफोन र उपकरणमा वायरलेस चार्जिंग फिचर हुनु पर्ने हुन्छ ।

स्मार्टफोनमा वायरलेस चार्जिंगको इतिहास  

सन् २००९ मै पाल्म कम्पनीले पहिलो चि वायरलेस चार्जिंग समावेश गरेको स्मार्टफोन रिलिज गरेको थियो । त्यसपछि वायरले चार्जिंगलाई निकट तरिकाले अगाल्ने कम्पनी थियो नोकिया । नोकियाको सन् २०१२ मा रिलिज भएको लुमिया ९२० मा पनि वायरलेस चार्जिंग समावेश गरिएको थियो र त्यसपछि रिलिज भएका लगभग सम्पूर्ण मिडरेन्ज र फ्ल्याग्शिप नोकिया स्मार्टफोनहरुमा वायरलेस चार्जिंग समावेश गरिएको थियो । सामसंगको पहिलो वायरलेस चार्जिंग सपोर्ट भएको स्मार्टफोन ग्यालेक्सी एस ४ सन् २०१३ मा रिलिज भएको थियो । सन् २०१३मा गुगलले नेक्सस ७ मा वायरलेस चार्जिंग समावेश गर्यो । एप्पलले पहिलो पटक वायरलेस चार्जिंग आफ्नो एप्पल वाचमा प्रयोग गरेको थियो ।

फाइदा के ?

वायरलेस चार्जरको प्रयोग झन्झटहिन हुन्छ । सजिलै चार्ज गर्न मिल्ने र तार जोडीरहनु नपर्ने भएकाले नै वायरलेस चार्जिंग प्रयोगका लागि सजिलो हुन्छ । यसका साथै वायरलेस चार्जरहरु टिकाउ हुन्छन किन कि यी चार्जरहरुलाई प्लग र अनप्लग गरिरहनु पर्ने झमेला हुँदैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया