१६ वटा क्यामरा भएको स्मार्टफोन

५ बर्ष अगाडि

काठमाडौँ – कोरियन कम्पनी एलजीको नयाँ प्याटेन्ट अनुसार उक्त कम्पनी १६ वटा क्यामरा भएको स्मार्टफोन रिलिज गर्ने भएको  छ ।

अन्तराष्ट्रिय संच्चारमाध्यमका अनुसार  यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ । यसरी ४x४ को ग्रिडमा राखिएको क्यामराहरुले बेग्ला बेग्लै कोणबाट तस्विरहरु खिच्ने छन् र सफ्टवेयरले उक्त तस्विरहरुलाई मिलाउने छ ।

एक वा बढी संख्यामा क्यामराको प्रयोग गर्ने ट्रेन्ड नयाँ कुरा होइन, तर एकै पटक १६ वटा क्यामरा त्यो पनि स्मार्टफोनमा प्रयोग गर्नु चाहिँ आश्चर्यको कुरा हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया