भेगाससिटीले बुझायो  विस्तृत परियोजना प्रतिवेदन, के छ प्रतिवेदनमा ?

५ बर्ष अगाडि

काठमाडौं– निर्माणधीन भेगाससिटी अमार्टमेन्टको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बुझाइएको छ । 
अपार्टमेन्टका सञ्चालक सुधीर बस्नेतले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको कार्यालय अनामनगरमा सोमबार सो डीपीआर प्रतिवेदन बुझाएका हुन् । 
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन अपार्टपेन्टको बाँकी निर्माण कार्य सक्न लाग्ने लागत र सोको बीओक्यू गर्नुपर्ने कामको विवरण स्रोत तथा नगद प्रतिमहिना कति लाग्ने भन्नेलगायतका विषय डीपीर प्रतिवेदनमा समावेश गरिएको छ । 
साथै डीपीआर बमोजिमको भेगासिटी अपार्टमेन्टको बाँकी निर्माण कार्य अबका दिनमा कम्पनी सञ्चालकले गर्नुपर्ने हो वा समस्याग्रस्त सहकारी संघ तथा संघको व्यवस्थापनले गर्नुपर्ने हो सोबारे पनि जानकारी दिन अनुरोध गरिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया